May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

आजको राशिफल: बिहीबार, चैत १९ गते

  • 9
    Shares

आज मिति २०७७ चैत १९ गते बिहीबार, इस्वीसंवत अप्रिल १ तारिक सन् २०२१ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ५८ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २१ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज भने समय खराव रहनेछ । समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज भने समय अत्यन्त शुभ छ । पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज भने समय अत्यन्तै खराब छ । सानातिना व्यवहारमै अल्झनुपर्ला । आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय अत्यन्तै राम्रो छ । व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ ।

धनु : धनु राशिका लागि आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको