May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

एसएसपी प्रहरी प्रमुख भट्टराईद्वारा ३६ जना इमानदार ट्राफिक प्रहरी सम्मानित

  • 409
    Shares

काठमाडौं, बल्खुका ट्राफिक प्रहरी नायब निरीक्षक मिलन सिंह सहित ३६ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने ३६ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले आज सम्मानसहित पुरस्कृत गरेका हुन् ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताएका छन् ।

यस्तै पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सवारी चालकहरु बढ्दो छ । सोही क्रममा उनीलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने प्रहरी नायब निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको