March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

महोत्तरीमा घाँस काट्न गएका ७ किशोरी एकाएक गायब

महोत्तरी, महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी एकाएक बेपत्ता भएका छन् । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नं ८ धर्मपुर पासमानका एकै टोलका सातैजना किशोरी हिजोबाट बेपत्ता भएका हुन ।

प्रारम्भीक जानकारी अनुसार किशोरी वडा नं ९ अजगेवा चौरी क्षेत्रमा मंगलबार घाँस काट्न गएका थिए । उनीहरु साँझसम्म घर नफर्किएपछि हराएको पत्ता लागेको थियो ।

प्रहरीले बेपत्ताहरुको खोजिकार्य सुरु गरेको जनाएको छ । अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । दिउँसो घास काट्न गएको र राती सम्म घर नफर्केपछि प्रहरी र परिवारजनले खोजी कार्यमा जुटेका थिए ।

आफन्तले आसपासको स्थानियलाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । वेपत्ता हुने किशोरीहरुमामा सिमा पासवान, रञ्जन पासवान, जयोती पासवान, रिया पासवान,अर्चना पासवान, नगीना पासवान, र असमिता पासवान रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको