May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा प्राइम टेलिभिजन संवाददाता श्रीकान्त गुप्ता सम्मानित

  • 160
    Shares

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट बाराका प्राइम टेलिभिजन संवाददाता श्रीकान्त गुप्ता सम्मानित भएका छन् ।

मंगलबार रिपोटर्स क्लब नेपालको २३औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

यस्तै, आज पत्रकारहरुलाई उपेन्द्र यादवले गाम्छा महन्त ठाकुरले माला र प्रधानमन्त्री ओली, ऋषि धमला र नायिका एलिजा गौतमले सम्मान पत्र प्रदान गरे ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले क्लबले वार्षिक रूपमा प्रकाशित गर्दै आएको स्मारिका विमोचन पनि गरेका थिए । कार्यक्रममा बोल्दै उनले देशका संचारकर्मी, पत्रकार देशको चौथो अङ्ग भएकाले देशको विकास संचारकर्मी बिना कल्पना गर्न नसकिने धारणासमेत राखेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टींका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, सरकारका मन्त्रीहरु, सांसदहरु, समाजका विभिन्न तह र तप्काका व्यक्तिहरु विशेष अतिथिका रुपमा सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको