March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सरकार र थरुहट पदाधिकारीबीच वार्ता सम्पन्न

काठमाडौं, सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीचको वार्ता सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीका अनुसार आजको उक्त वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार फेरि बस्ने छलफल भएको हो ।

यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको उनले बताए । सरकारका वार्ताटोली सदस्यले मागपत्र बारे आज र भोलि अध्ययन गर्ने र पर्सि पुनः वार्तामा बस्ने छलफल भएको उनले जानकारी दिए ।

गृह मन्त्रालयमा आज दिउँसो दुई पक्षबीच वार्ता भएको हो । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार बिहान पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको