May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

घट्यो सुनचाँदीको मुल्य

  • 12
    Shares

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । 

मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमबार तोलामा १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १ हजार २१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

शीर्ष समाचार

धेरै पढिएको