May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

स्थानीय आतङ्कमुक्त हुन बाँदरलाई जङ्गलमै फलफूल खेती

  • 36
    Shares

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका–२ का स्थानीय बाँदर आतङ्कले हैरान भएका छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उमाचोकका अधिकांश कृषक पीडित छन् ।

खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ ।

खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको स्थानीय श्यामलाल श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।”

कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ ।

‘बाँदर आतङ्क न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरेका छौँ’, वन समूहका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर आउँदैन कि भन्ने लागेको छ।’

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटका अनुसार तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको हो ।

उनले भने, ‘बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौँ ।’

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ ।सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ ।

उनले भने, बुट्यान जङ्गलमा बाँदरले मन पराउने बर्सेनि उत्पादन हुने खालका बिरुवा लगाइनेछ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहेको छ ।’

उनका अनुसार त्यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिलीलगायतका बिरुवा उत्पादन गरिनेछ । दुईरतीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको