July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

भरतपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका तीन जनाको मृत्यु

चितवन, चितवनको भरतपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार शनिबार साँझ भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरमा चालक भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र मोहनको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थियो ।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ भने दुर्घटनामा एकैघरका तीन जनाको मृत्यु भएपछि गीतानगर गाउँ शोकाकुल बनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको