July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

छ आगामी तीन दिनको मौसम पुर्वानुमान

काठमाडौं, अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानाएको छ । देशको पहाडी भु -भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू -भागमा मौसम सामान्यतया सफा रहेको छ।

आईतबार: देशका पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पश्चात देशका पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार: प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू -भागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार: देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको