August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रधानमन्त्री ओलीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रमुख सूचना  आयुक्त महेन्द्रमान गुरुङले २०७६ -७७को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सोही अवसरमा सूचना आयुक्तहरु रत्नप्रसाद मैनाली र कमला ओली थापाको पनि उपस्थिति थियो । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा देशभरबाट गरी कुल एक हजार १३ वटा सूचना प्राप्त नभएको उजुरी परेका छन् ।

जसमध्ये स्थानीय तह सम्बन्धी उजुरी ५६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यसै गरी गैर सरकारी संस्था सम्बन्धी उजुरी २१ प्रतिशत र शिक्षा, स्वास्थ्य र खेलकुदसँग सम्बन्धित उजुरीहरु ७ प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको