August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

आइतबारसम्म मौसम स्थिर रहने

काठमाडौं, शुक्रबारबाट काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ ।

हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार
भोलिसम्म मौसम स्थिर रहने र सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।

विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको