August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

साथीहरूसँग पिकनिक गएका वडाध्यक्ष चन्दको घाँटीमा मासु अड्किँएर निधन

कञ्चनपुर, घाँटीमा मासु अड्किँदा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदनबहादुर चन्दको निधन भएको छ । चन्द नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए ।


शुक्रबार साथीहरूसँग डडेलधुराको सीमामा पर्ने चुनेपानी भन्ने स्थानमा पिकनिक गएका वडाध्यक्ष चन्द घाँटीमा मासु अड्किएपछि बेहोस भएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताएका छन् ।

जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई महाकाली अस्पताल ल्याएका थिए । तर, शुक्रबार साँझ चिकित्सकले मृत घोषणा गरेको एसपी चतुर्वेदीले बताएका छन् । थप विवरण पोस्टमार्टम रिपोर्टबाट खुल्ने उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको