August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

सकभर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायतक स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर खुला स्थानमा नबस्न आग्रह गरेको हो ।

बिहान मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले फोहोरको उचित व्यवस्थापन गर्ने र फोहोर जलाउने काम नगर्न आग्रह गरेका छन् ।

यस्तै धुलो, धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको