August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

सर्लाहीमा होलीको शुभकामना आदानप्रदान तथा मटका फोर कार्यक्रम सम्पन्न

सर्लाही, सर्लाहीमा होलीको शुभकामना आदानप्रदान तथा मटका फोर कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको मलंगवा नगरपालिकास्थित रहेको सर्लाही जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतनत्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा हिन्दूहरूको महान पर्व होलिकाको पुर्वसन्ध्यामा सर्लाही क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

नेकपा माओवादी केन्द्र सर्लाहीका नेता नबि राज खानका अनुसार शुक्रवार उक्त क्याम्पसका छात्र तथा छात्राहरुले मिलेर एक अर्कामा शुभकामना आदानप्रदानका साथै रंगहरुबाट एक अर्कामा खुसी साटासाट गरेका थिए । यस्तै एक अर्कालाई बधाई दिँदै उनीहरुले मटका फोर कार्यक्रम मिलेर उत्साहका साथ कार्यक्रम सम्पन्न गरेका हुन् ।

सो कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष रञ्जित महतो, क्रान्तिकारीका अध्यक्ष आकाश कर्णले आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै पूर्व मन्त्री माननीय रामेश्वर राय यादव र नेकपा माओवादी केन्द्र सर्लाहीका नेता नबि राज खान लगायतका नेताहरु आपसमा भेट गरि होलीको अवसरमा रंग हरुलाई लगाई खुसि व्यक्त गरेका थिए । साथै नेताहरुले हालको राजनीतिक विषयमा पनि चर्चा परिचर्चा गर्दै देशको अवस्थाबारे जानकारी लिए ।

शीर्ष समाचार

धेरै पढिएको