July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

नेपालसहित चार नेताले दिए पार्टीले सोधेको स्पष्टीकरणको जवाफ

काठमाडौं, नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ दिएका हुन् ।

गत चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । “चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भएको छ”, उनले भने, “पत्रका के जवाफ लेख्नुभएको छ हेरिएको छैन ।”

यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहरूले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको