June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नक्कली नोटसहित दुई जना पक्राउ

file photo

काठमाडौं, नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको छ । बिहिवार महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले बाफल बस्ने ३९ वर्षीया माया तामाङ र कीर्तिपुर बस्ने गनबहादुर लोप्चनलाई ८० हजार सात सय बराबरको नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो । 

बरामद नोट एक हजार दरका ५१ वटा र पाँच सय दरको ५७ वटा छन् । सुरुमा तामाङलाई प्रहरीले कलंकीबाट पाँच सय दरका नौ वटा नोटसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दा कीर्तिपुर बस्ने लोप्चनले प्रिन्ट मेसिनमार्फत नक्कली नोट बनाउने गरेको खुलेको थियो । 

यस्तै महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोककुमार सिंहका अनुसार लोप्चनले फोटोकपी पेपरमार्फत प्रिन्टर मेसिनबाट नक्कली नोट बनाउँदै आएका थिए । 

शीर्ष समाचार

धेरै पढिएको