June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नयाँ राहदानी नबनाउन राहदानी विभागको आग्रह

काठमाडौं, राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको छ । 

विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई–पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो । 

आज विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।

यस्तै, राहदानी बहाल अवधि नसकिँदै नविकरण गर्नु पर्ने अवस्था नरहेको विभागले जानकारी गराएको छ ।

शीर्ष समाचार

धेरै पढिएको