April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

दुर्गाप्रसाद तिम्सिनाले लिए नागरिकता

काठमाडौं, बिना सुनुवाइ ४० वर्ष भारतीय जेलमा बन्दीजीवन बिताएर स्वदेश फर्किएका इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । 

उनले बिहिवार जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर नागरिकता लिएका हुन् । भतिजो गोपाल तिम्सिना, भाइ धीरेन्द्र शर्मा रमणसहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि पुगेका उनलाई प्रशासकीय अधिकृत देवीचरण फुँयालले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता प्रदान गरेका हुन् । 

नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको