July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

जिल्लामा प्रहरी कार्यालय कपिलवस्तु र पालिका प्रमुखबीच छलफल, हाेली मर्यादित बनाउन जाेड

नारद काेहार – कपिलबस्तु चैत्र ११। जिल्ला प्रहरी कार्यलय कपिलवस्तु र पालिका प्रमुखहरुबीच हाेलि मर्यादित बनाउने बााेे छलफल भएको छ।हाेलि पर्वमा कुनै किसिमको अमार्यादित क्रियाकलाप हरु नहोस भन्ने उद्धेश्यले जिल्लामा प्रहरी कार्यालय कपिलबस्तुले स्थानिय जनप्रतिनिधिसंग अन्र्तक्रिय कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रम १० वटा पालिकाका प्रमुख र वडाध्यक्षहरको सहभागिता रहेको थियो।जिल्लामा शान्ति शुरक्षा कायम गर्न, अपराधहरु नियन्त्रण गर्न, कुनै पनि पर्बहरुमा सर्व साधारणलाई अफ्ठ्यारो नपर्ने गरि काम गर्ने र शान्ति शु्रक्षामा खलबल हुन नदिनको लागि कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

होलिको अवसरमा मोटरसाईकलमा हेलमेट नलगाई हिड्ने, सवारी साधनहरु तिब्र गतिमा चलाउने, लोला हन्ने जस्ता अमर्यादित क्रियाकलपहरु हुन नदिन स्थानिय जनप्रतिनिधिहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको उनले बताए ।

होलि पर्व उदण्ड तरिकाले अपरिचित व्यक्तिसंग होलि नमनाउन, अन्जान व्यक्तिलाई लोना नहन्न र अपराध जन्य गतिविधिमा संलग्न नहुने गरि होली पर्व मनाउनु पर्ने प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । साथै होलि पर्वमा युवा जामतहरु हेलमेट नलगाउने, पुरा रंग दल्ने र मोटरसाइकलमा अन्धधुन्ध हिन्नेले गर्दा विगतका बर्षहरुमा घटनाहरुबाट धेरै व्यक्तिले ज्यान गुमाउनु परेको उनले बताए ।अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेको प्रत्येक प्रहरी युनिटका प्रमुखहरुको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको