नवलपरासीमा चिनियाँ ठेकेदार र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते
नवलपरासी, नवलपरासी– सडक निर्माणमा खटिएका चिनियाँ ठेकेदार र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । बुधबार बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको हो ।
बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा आज अपराह्न चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ । नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरीका एसपी प्रकाश मल्लका अनुसार दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको बताए ।
प्रतिकृया दिनुहोस्