July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

बिहारको विधान सभाभित्रै प्रहरीद्वारा विपक्षी दलका सांसदहरुमाथि कुटपिट

बिहार, बिहारको विधान सभामा विपक्षी दलका सांसदहरुमाथि प्रहरीले कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ कानुनको विरोध गर्दा सांसदलाई कुटपिट गर्दै प्रहरीले संसद बाहिर निकालेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण लफडा भएको थियो ।

अधिकारीहरुका अनुसार नयाँ विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिएको छ ।

पछिल्लो केही दिनयता विपक्षी दलहरूले प्रहरी विधेयकको विरोध गर्दै आएका थिए । सोही क्रममा मंगलबार विरोध स्वरुप विपक्षी सांसदले संसदमा आन्दोलन गरेका थिए ।

उनीहरुले सभामुखलाई चेम्बरमै घेराउ गरेर बसेका थिए। त्यसबेला प्रहरीलाई बोलाइएको थियो । सो क्रममा विपक्षी सांसदमाथि प्रहरीले कुटपिट गरेका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको