July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

चितवनको सिरक डसना उद्योगमा आगलागी हुँदा ७ लाखको क्षति

सांकेतिक तस्वीर

चितवन, सिरक डसना उद्योगमा बुधबार आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।

सो आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार
आगलागीबाट रु सात लाख बराबरको क्षति भएको छ । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । सो आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

शीर्ष समाचार

धेरै पढिएको