July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

दैलेखमा सयौं विद्यार्थी बिरामी परेपछि ३ दिनका लागि विद्यालय बन्द

दैलेख, दैलेखको नारायण नगरपालिका ५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामी परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

प्राधानाध्यापक घनश्याम रेग्मीका अनुसार ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी हुने लगायतले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

उनका अनुसार आइतबार करिब १५०, सोमबार करिब १०० र मंगलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

यस्तै विद्यार्थी बिरामीले ग्रसित भएको खबर जिल्ला अस्पताल दैलेखमा पुगेपछि डा. विवेक गुरूङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको