July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

सिमकोटमा दैनिक २२ घण्टा लोडसेडिङ, पहिलेको मैनबत्ती धमाधम प्रयोगमा

हुन्ला, हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २२ घण्टा लोडसेडिङ हुने गरेको छ । यस वर्ष हिमालमा हिउँ कम पर्दा हिल्दुम साना जलविद्धुतको लागि पानीको स्रोत कम हुँदा प्रतिदिन लोडसेडिङ बढ्दै गएको हो ।

एक पटक आएको विद्धुत पाँच मिनेट पछि जाने गर्नु सामान्य जस्तै भएपछि कुटानी पिसानी मिल बन्द गरेको सो वर्ण मिलका सञ्चालक मुकुन्द रोकायाले बेरोजगार बन्नु परेको बताएका छन् ।

दैनिकजसो २२ घण्टासम्म लोडसेडिङहुँदा व्यवसायी मर्कामा परेको उनले बताए । ब्यबसाय बन्द हुँदा आम्दानी घटेकोले समस्या हुन थालेको र पहिले पहिले उज्यालोका लागि बालिने मैनबत्ती हिजोआज सेवाग्राहीले पून प्रयोग गर्न थालेको उनले बताए । यसले गर्दा सोलार र मैनबत्तीको ब्यापार बृद्धि भएको छ ।सभार गोरखापत्र

शीर्ष समाचार

धेरै पढिएको