April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

नेपालमा क्षयरोगबाट दैनिक औसत ४६ जनाको मृत्यु

  • 3
    Shares

काठमाडौं, क्षयरोगबाट नेपालमा दैनिक औसत  ४६ जनाको मृत्यु हुने गरेको छ । बुधबार अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा वार्षिक १७ हजार क्षयरोगीको ज्यान जाने गरेको बताएका हुन् ।

सो तथ्यांकलाई आधार मान्दा दैनिक औसत ४६ जनाको मृत्यु हुने गरेको देखिन्छ । नेपालमा औसत २५ प्रतिशत क्षयरोगीको मृत्यु  हुने गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार प्रत्येक वर्ष करिब ६९ हजार क्षयरोगी थपिने गरेका छन् । हाल नयाँ तथा पुराना क्षयरोगीको संख्या  १ लाख १७ रहेको केन्द्रले जनाएको छ ।

जसमध्ये झन्डै ४१ हजार नयाँ बिरामी उपचारको दायरामा नआएको निर्देशक डा. भट्टचनले सुनाए। क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेको केन्द्रले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको