July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

काठमाडौं महानगरले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम पुस्तक लागू गर्ने

काठमाडौं, महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यहीँ चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ ।

कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यहीँ शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो ।

कोरोना महामारीका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको छ ।

“यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य शुरु गर्ने हो”, प्रमुख सुवेदीले भने । यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको भन्दै उहाँले पाठ्यपुस्तक पनि तत्काल पठाइने जानकारी दिएका छन् ।

गत फागुन २८ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र कामपा प्रमुख विद्यासुन्दर शाक्यले सयुक्तरूपमा ‘येँ देय् म्हसीके’ (काठमाडौँ चिनौँ) नामक स्थानीय पाठ्यपुस्तक विमोचन गरिसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको