
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विभाजन गर्न नहुनै भन्दै केन्द्रीय कार्यलयमै पुगेर प्रदर्शन गरेका छन् । पार्टी एकता जिन्दावाद, फुटवादीहरु हाेसियार जस्ता पमप्लेटहरु लिएर विरोध जनाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी, युवा र मजदुर संघठनका नेता कार्यकर्ताहरुले पार्टी विभाजन गर्न नहुने भन्दै प्रदर्शन गरेका छन् ।
युवा विद्यार्थी तथा मजदुर संघठनका प्रतिनिधिहरु सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेर पार्टी विभाजन गर्न नहुने भन्दै संयुक्त रुपमा ज्ञापनपत्र समेत बुझाएका छन् । यस्तै देशका विभिन्न स्थानमा पनि नेकपाका कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गर्दै नाराबाजी र धर्ना दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार ज्ञापन पत्र बुझाउन पार्टी कार्यालय पुगेका उनीहरुले नेतृत्वको ध्यानाकषर्ण गराउँदै ‘पार्टी एकता जिन्दावाद, एमसीसी खारेज गर, नागरिकता विधेयक पारित गर’जस्ता नारासमेत लगाएका थिए ।

संगठन पार्टी विभाजन र फुट होइन, सुदृढ एकता कार्यकर्ता र जनताको चाहना भएको तथ्य स्पस्ट पार्न चाहन्छ’, सयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘पार्टी र देशको आवश्यकता पनि एकता हो र एकताको कुनै विकल्प नभएको प्रस्ट पार्न चाहान्छौँ । नेतृत्वलाई विभाजनको दिशामा नजान खवरदारीका साथ हार्दिक अनुरोध गर्दछौँ । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको र पार्टी एकताले पूर्णता पाउन नसकेको सन्र्दभमा पार्टी भित्र र बाहिर असन्तुष्टिहरु देखिन थालेका छन् । यसै विषयमा पार्टीको उपल्लो कमिटीहरुमा देखा परेका विवादहरु सतहमा देखा परेका छन् ।





