April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

युवाहरुकाे नेतृत्वमा वालबालिकालाई उत्प्रेरणा कार्यक्रमकाे सशुरुवात

  • 91
    Shares

भक्तपुर ,भक्तपुर स्थित वालबालिका स्कुलमा वालबालिका उत्प्रेरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।आइसा टेडर्सको सहकार्यमा आशिष डांगीले उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

बालबालिकालाई हौसला र केहि मनोरञ्जनका कार्यक्रम गरी वालबालिकालाई सबल र सक्षम बनाउने हेतुले गरिएको उक्त कार्यक्रमको प्रमूखआतिथ्यता स्कुलका प्रधानाध्यापक इश्वर पाठकले गरेका थिए ।

युवाले नै राम्रो सिकाउन र बुझाउन सक्ने भएकाले युवा पत्रकार नवराज हुमागाई, युवा समाज सेवक धर्म सार्की, आइसा टेर्डसका संचालक एवम तलेजु होस्टलका संचालक प्रितम गुप्ताको कार्यक्रममा उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई पहिलो संस्करणको रुपमा लिइएको छ । अरु विद्यालय र कलेज लगायत विभिन्न ठाउँमा गइ कार्यक्रम गरि चेतना मूलक बनाउने यस कार्यक्रमका संस्थापक आशिष डांगीले बताएका छन्। सानो सानो कार्यक्रम गरेर पछि यसलाई ठूलो बनाउने उनको योजना छ । निरन्तर समाजको हितको निम्ति लागि परिरहेका डांगीले थुप्रै गीतहरु पनि गायका छन् ।

शीर्ष समाचार

धेरै पढिएको