March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

९० प्रतिशत नेपालीमा खानेपानीको पहुँच पुगेको छ: खानेपानीमन्त्री थापा

file photo

काठमाडौं, खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गििक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला हुन् भनेका छन् ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धमा आज उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको उनले बताए ।

नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताको सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेका बताए ।

विश्वमा दुुई अर्ब २० करोड जनसङ्ख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेका बताउँदै मन्त्री थापाले “खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड–१९ को प्रभावले थप विकराल बनाएको छ जसको प्रभाव गरीव तथा जोखिमयुक्त मुलुकहरूमा बढी छ” भने ।

शीर्ष समाचार

धेरै पढिएको