July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

पर्यटनमन्त्री भानुभक्त ढकाललाई बुझाइयो १७ बुँदे मागपत्र

काठमाडौं, पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई १७ बुँदे मागपत्र बुझाएको छ ।

आज नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले मन्त्री ढकाललाई भेट गरी सो मागपत्र बुझाएको हो ।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले बढाउनुपर्ने, नेचर गाइडको समस्या समाधान गरिनुपर्ने, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य गरिनुपर्ने, माउन्टेन गाइडको तलब र वीमा निर्धारण गरिनुपर्ने, होलिकप्टर रेस्क्यूमा हुने विभेद अन्त्य गरिनुपर्ने, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने लगायतका मागहरु माग पत्रमा समावेस गरिएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

यस्तै पदमार्ग क्षेत्रमा इजाजतपत्र परीक्षण गर्ने व्यवस्था गर्न समेत युनिट्राभको माग छ । विकासको नाउँमा महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न समेत युनिट्राभले माग गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको