April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन्: सभापति देउवा

विराटनगर, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा तत्काल नजाने स्पष्ट पारेका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अगुवाई नगर्ने पनि स्पष्ट पारे ।

उनले भने–‘कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन् ।’ देउवाले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारेमा पनि आफ्नो पार्टीले अगुवाइ नगर्ने बताए । त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याईदिनुपर्ने हो ? जसपाले ल्याईदिनुपर्ने हो कि ? भनेर एक पत्रकारले सोधेको प्रश्नमा देउवाले भने–‘यो त हामीलाई थाहा नै छैन नि ।’

शीर्ष समाचार

धेरै पढिएको