March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेपाल र बङ्गलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर

ढाका, नेपाल र बङ्गलादेशबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा सोमबार समझदारी पत्रहरुमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पर्यटन सहयोग, सरसफाइ,  सांंस्कृतिक आदान–प्रदान र रोहनपुर–सिंहवाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेनले हस्ताक्षर गरेका छन् ।

यस्तै समझदारीपत्रहरुमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको