July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

नेपाल र बङ्गलादेशबीच चार सम्झाैता

काठमाडौँ, चैत १० गते – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्नुहुँदै भन्नुभयो, “सम्पर्क सञ्जाल सुधार गर्न सकिन्छ, यसले यातायात र व्यापार लागत कम गराउँछ ।” दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको पर्याप्त सम्भावना औँल्याउँदै राष्ट्रपति भण्डारीले बढ्दो व्यापार घाटा न्यून गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यापार अवरोधको उन्मूलन, पूर्वाधार विकास र सहज बजार पहुँचले व्यापारमा उल्लेख्य वृद्धि गर्न सक्छ ।” उहाँले सहयोग आदानप्रदानको अर्को महत्वपूर्ण  ऊर्जा क्षेत्र रहेकाले त्यसमा थप सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।

नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यासले दुवै देशको विकासको आवश्यकतालाई टेवा पु¥याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो । त्यसका लागि नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय सहयोग सुदृढ तुल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रपति भण्डारीले सम्पर्क सञ्जालको विस्तारका लागि विद्यमान काठमाडौँ–ढाका उडान थप गर्ने, बङ्गलादेशको सैयदपुर र नेपालको विराटनगर जस्ता प्रमुख क्षेत्रीय सहरलाई उडानले जोड्न सकिने सम्भावना उल्लेख गर्नुभयो । त्यस्तै उहाँका अनुसार नेपाल, भारत र बङ्लादेशको नदीमा जलमार्गको विस्तार गर्न सकिनेछ । सडकमार्ग स्तरोन्नति, रेल्वेको विकासले पनि सम्पर्क सञ्जालमा बल पु¥याउनेछ ।

रोहनपुर सिंहबाद रेल्वे रुटलाई ‘पोर्ट अफ कल’का रूपमा समावेश गर्ने प्रक्रिया अगाडि बढेकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्नुभयो । उहाँले मानव संसाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले यी बहुमूल्य स्रोतको उपयोग गरी जनताको समृद्धि र खुसीमा रूपान्तरण गर्नुपर्ने सुझाउनुभयो । आपसी सहयोग र समर्थनका माध्यमबाट बहुपक्षीय मञ्चमा साझा चासोका विषय प्रवद्र्धन गर्ने साझेदारीलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो गाेरखापत्रबाट।

पर्यटनमा साझेदारीलाई जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “बङ्गलादेशी पर्यटकले हिउँले ढाकेका पहाड, हरिया उपत्यका, समृद्ध जैविक विविधता, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको भ्रमण गर्न सक्छन् । नेपाली पर्यटकले सुन्दर समुद्री तट र सांस्कृतिक स्थलको भ्रमण गर्न सक्छन् ।” जलवायु सङ्कटमा नेपाल र बङ्गलादेश दुवै रहेकाले मौसमी विपत्तिको सम्बोधन गर्न द्विपक्षीय सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको