प्रसौनी गाउपालिकाका अध्यक्ष भोला प्रसाद साहद्वारा ५१ हजारको चेक हस्तान्तरण

बारा ,सोमबार प्रसौनी गाउपालिकाका अध्यक्ष भोला प्रसाद साहले आफ्नो गाउपालिकाबाट ब्याचलर पास भएकि एक महिलालाई हौसला बढाउने उदेश्यले पुरस्कार स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेका छन् ।
प्रसौनी गाउपालिका वडा न.१ मा बस्ने आमना बेगमकि छोरी असरिना खातुनलाई आजै उहाको बिवाहको दिन उहाको घरमा पुगि सो चेक दिएका हुुु भ । बधाई दिदै अध्यक्ष साहले जानकारी दिए।बेटि पढाई , बेटि बचाई जुन नारा थियो त्यसलाई निरन्तरता दिन र आउने दिनमा सबै जनाले आफ्नो छोरीलाई ब्याचलर पढाउन हौसला प्राप्त होस भने उदेश्यले यो पहिलो चोटि सो रकम पुरस्कार स्वरुप प्रदान गरिएको बताए ।
असरिना खातुनले बिएससि माईक्रो बाईलोजीमा ब्याचलर पास गरेकी छिन ।सो कार्यक्रममा गीता साह, वडा अध्यक्ष बैधनाथ साह कानु , आनन्द कुमार गुप्ता , सुरेश साह, प्रेम पटेल र निपुन गुप्ताको उपस्थिति रहेको थियो ।
लेखकको सम्वन्धमा