April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बारामा प्रसौनी गाउँपालिकाका अध्यक्ष साहद्वारा ५१ हजारको चेक हस्तान्तरण

  • 136
    Shares

बारा, बारामा प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद साहले ५१ हजारको चेक हस्तान्तरण गरेका छन् । आफ्नो गाउँपालिकाबाट ब्याचलर (स्नातक) पास भएकी एक महिलालाई हौसला बढाउने उदेश्यले पुरस्कार स्वरुप सोमबार ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

प्रसौनी गाउँपालिका वडा न.१ मा बस्ने आमना बेगमकी छोरी असरिना खातुनलाई आजै उनको बिवाहको दिन उनको घरमा पुगि सो चेक दिएको अध्यक्ष साहले जानकारी दिए ।

“बेटि पढाई, बेटि बचाई” भन्ने मुल नारालाई निरन्तरता दिन र आगामी दिनमा सबै जनाले आफ्नो छोरीलाई स्नातक पढाउन हौसला प्राप्त होस भने उदेश्यले यो पहिलोपटल सो रकम पुरस्कार स्वरुप प्रदान गरिएको उनले बताए ।

असरिना खातुनले बिएससि माईक्रो बाईलोजीमा ब्याचलर पास गरेकी छिन । सो कार्यक्रममा गीता साह, वडा अध्यक्ष बैधनाथ साह कानु , आनन्द कुमार गुप्ता , सुरेश साह, प्रेम पटेल र निपुन गुप्ताको उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको