July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं, हरेक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विश्वमा देखापरेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान् पानी’ छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हामीले यसका लागि जति मूल्य तिर्छौं, त्योभन्दा बढी स्वच्छ खानेपानीको महत्व छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनुपर्ने यथार्थलाई आत्मसात् गर्दै यो नारा तय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको