
बिरगंज – समुदाय प्रहरी साझेदारी अन्तर्गत शुरक्षित र ब्यवस्थित बिरगंज कार्यक्रममा आइतबार जनचेतना एवं मास्क बितरण गरिएको थियो । बिरगंज स्प्रीट क्लबद्वारा माइस्थानको मुख्य चोकमा युवाहरुले स्थानिय सर्वसाधारणलाइ ट्राफिक नियन पालना, गर्न र पसल र घर अगाडी फोहोर नगर्न,सामाजिक दुरि बनाउन, कोरोना सङ्ग बच्न मास्क नहुने लाइ मास्क लगाउन सिकाईएकाे छ र मास्क नहुने लाइ मास्क वितरण गरेकाे छ ।
कोरोना महामारी र सरकारले लगाएका बन्दाबन्दी खुकुलो पारे पछि जनमानसमा स्वास्थ्य प्रति लापरवाही बढेकाे भन्दै जिल्ला प्रहरी कार्यालय स्थानिय संघ संस्था सङ्ग साझेदारी गरि बिरगंजलाइ सुरक्षित र बजार लाइ ब्यवस्थित गर्ने अभियान बढाए संगै आइतबार यो कार्यक्रम गरिएको कुरा स्प्रीट क्लबका उपाध्यक्ष ओशन गुप्ताले जानकारी गरए ।
सप्ताह ब्यापी हुने यस कार्यक्रम बिहान ७:३० देखी ९:३० र साझ ५:०० देखी ६:३० सम्म हुने भएको छ । हाल अहिले यस किसिमका कार्यक्रम महानगरको प्रत्येक भिड्भाड , अति ब्यस्त ठाउमा उक्त ठाउ का युवा क्लब र संघ सन्स्था संग साझेदारी गरि अघि बढ्ने ट्राफिक प्रहरी पर्सा प्रमुख कमल राज पन्डितले बताए । उक्त कार्यक्रममा अभियानकाे अभियन्ता दिलिपराज कार्की,क्लबका सदस्य अभिसेक गुप्ता, निशा गुप्ता,आरती सहनी,रेस्मा हरलका , ट्राफिक प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा, सई बृज किशोर सिंह लगायतको उपस्थिति रहेको थियो।





