April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

थप चार दिन दिनसार्वजनिक बिदा दिने सरकारको निर्णय

  • 3
    Shares

काठमाडौं, नेपाल सरकारले चाडपर्व विदाम थप गरेको छ । आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक विदा थप गरिएको हो ।

यसअघि दिइँदै आएको चाडपर्व विदामा चार दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय सरकारले गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ४ दिन विदा दिने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि विदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय विदा हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको