July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । सोमबार नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो ।

समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश जानुभएको हो । भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

यस्तै, राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको