
ढलकाे पानिमा भएकाे जीवाणु र विषाणुबाट काेराेना नसर्ने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जीवाणु वा विषाणु पाउँदैमा नआत्तिन अपील गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा भएको शोध र अध्ययनले ढलको पानीमा पाइने जीवाणु वा विषाणु कोरोना सार्ने तथ्य पुष्टि नगरेको प्रष्ट्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना सङ्क्रमणको जीवाणु वा विषाणु पाइएको विषयमा मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा थप अध्ययन गरिने बताए ।
प्रवक्ता गौतमलेका अनुसार ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जिवाणुको अंश भेटिँदैमा समुदायमा सर्ने जोखिम रहन्न । उनले भने उक्त अध्ययन ढलको पानीमा विषाणुकाे मात्रा बुझेर सङ्क्रमणको अवस्था बुझ्ने पूरक विधि हो, तसर्थ नआत्तिन र नडराउन आग्रह गर्छौं । एक निजी प्रयोगशालाले गरेको अध्ययनमा काठमाडौँको ढलको पानीमा कोरोना सार्ने विषाणु ‘आरएनए फ्राग्मेन्ट’ फेला परेको थियो ।
प्रवक्ता गौतमले भन्नुभयो, “अन्तर्राष्ट्रिय स्तरमा गरिएको शोधले विषाणुको फ्राग्मेन्टले कोरोना रोग सार्दैन ।” यद्यपि ढलको पानीमा पाइने अन्य जिवाणुले रोग सार्ने जोखिम हुँदा उचित प्रशोधन र व्यवस्थापनमा जोड दिइने उनकाे छ ।







