April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका प्रधानमन्त्री खानलाई स्वास्थ लाभकाे कामना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन्। पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताएका थिए । ६८ वर्षीय प्रधानमन्त्री खान हाल “आबासमै अलग्गिएर बस्नुभएको” स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गररिएको छ।

राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहेएका इमरान खान सन् २०१८ को अगष्टमा चुनाब जितेर प्रधानमन्त्री नियुक्त भएका थिए । दुई दिन अघि मात्रै उनले कोभिड १९ विरुद्धको खोप लगाएको बीबीसीले उल्लेख गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको