April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

सिन्धुलीको भिमानबाट पहिलो नेपाली रकेट लञ्च, डेढ सय मिटर उडेर दुर्घटना

  • 4
    Shares

सिन्धुली, सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च भएको छ । ईन्जिनियरिङका विद्यार्थीको समूहले बनाएको गरुड नाम दिइएको उक्त रकेटको शनिबार परीक्षण प्रक्षेपण गरिएको हो ।

१० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको सो रकेट परीक्षण प्रक्षेपणका क्रममा करिब डेढ सय मिटर आकाशमा उडेर दुर्घटना भएको थियो । हावाका कारण रकेट दुर्घटना भएको बताइएको छ ।

रकेट निर्माण तथा प्रक्षेपणमा संलग्न विद्यार्थीको समूहले हाल देखिएका समस्या न्यूनिकरण गरी आगामी महिना पुनः प्रक्षेपण गरिने जनाएको छ ।एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप-२०२१ मा सहभागिता जनाउनका लागि गरुड तयार पारिएको हो ।

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपणका क्रममा रकेट दुर्घटना भएको बताइएको छ । ७।४२ फिट उचाइको उक्त रकेटको ब्यास ६ इन्च छ । नेपाली युवाको समूहले गरेको परीक्षण प्रक्षेपणमा नेपाली सेनाले पनि साथ दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको