April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

आज गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदै

  • 28
    Shares

काठमाडौं, नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । यस्तै पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण छ । 

शीर्ष समाचार

धेरै पढिएको