April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

आज काठमाडौं उपत्यकाका यी स्थानमा बिजुली कटौती गरिने

  • 8
    Shares

काठमाडौं, आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुली कटौती हुने गरिँदै छ । शनिबार नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले विभिन्न स्थानमा बिजुली कटौती गरिने जानकारी दिएको हो ।

आज बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने
प्राधिकरणले जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा पनि बिजुली कटौती हुनेछ ।

बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको