
बाराजिल्लाकाे परवानीपुर गाउँपालिकामा बाटो हिलो भएपछि युवाहरुले धान रोपेका छन् । लगातार २ दिनको अविरल वर्षाले बारा नौतन बहुअरी टोलकाे सड़क खण्डमा हिलो भएपछि उक्त स्थान ध्यानाकर्षण गराउन धान राेपेकाे र स्थानिय सरकारकाे सांकेतिक विराेध गरेका हुन् । बर्षायाम शुरु भए सँगै दिनहुँ जसाे पानी परिरहेकाे छ। पानीले नौतन बहुअरी टोलमा आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुर्दा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएको छ ।
परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन बहुअरी टोलकाे सड़क खण्डमा पर्ने बाटोमै धान रोपी सांकेतिक सुझाव सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेकाे युवाहरु बताउछन् । सडक समस्याहरुको पहिचान तथा तत्काल समस्या समाधानको लागि उक्त सांकेतिक सुझाव दिएकाे विद्यार्थी नेता अनेरास्ववियु को बिबेक कुमार साहले बताए ।
पानी पर्दा एम्बुलेनस समेत आवतजावत गर्न समस्या भएको भन्दै अाफुहरुले विरोध जनाई सम्बन्धित निकायलाई ध्यानाकर्षण छिटोभन्दा छिटो हुनुपर्ने नौतन युव्त कल्ब का अध्यक्ष निरज गुप्ताकाे भनाइ छ







