April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

नेपालमा अब विद्युतीय राहदानी वितरण गरिने

काठमाडौं, नेपालमा विद्युतीय राहदानी चाँडै वितरण गरिने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय राहदानी वितरण गर्ने गरी तयारी थालेको छ ।

विभागका निर्देशक राजेन्द्र पाण्डेका अनुसार हाल कायम रहेको मेसिन रिडेबल पासपोर्ट विस्थापित गर्दै नेपालले विद्युतीय राहदानी प्रचलनमा ल्याउन लागेको हो ।

उनले भने, “विद्युतीय राहदानीमा विद्युतीय चिप्स तथा बायोमेट्रिक परीक्षण (औँठा छाप)सहितको दोहोरो सुरक्षा व्यवस्था रहने भएकाले निकै विश्वसनीय रहन्छ । ” ठेक्का सम्झौताअनुसारको विद्युतीय राहदानीको डिजाइन तयार भइसकेको छ ।

डिजाइन यसै महिनाभित्र मन्त्रिपरिषद्मा स्वीकृतका लागि प्रक्रिया अगाडि बढेको छ । त्यसलगत्तै छपाइका लागि मेसिन मगाउने प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।

यस्तै फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीले राहदानी छपाइको जिम्मा लिएको छ । नेपाल सरकारसँगको सम्झौताअनुसार अनुमानित तीन अर्ब रुपियाँको लगानीमा २० लाख प्रति राहदानी छपाइ हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको