April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

नेपाली विद्यार्थी समाज दक्षिण काेरिया सोनसिककाे आठौं शैक्षिक सेमिनार सम्पन्न

  • 28
    Shares

सउल, दक्षिण काेरिया – नेपाली विद्यार्थी समाज दक्षिण काेरिया ( साेनसिक ) काे आठौं शैक्षिक सेमिनार गएको मार्च १३ र १४ मा सम्पन्न भएको छ ।

विदेशमा सिकेको ज्ञानसिप तथा अनुभव आदनप्रदान गर्ने उद्धेश्यका साथ आयोजना गरिएको शैक्षिक सेमिनार दुई दिनसम्म सञ्चालन गरिएको हाे ।
संस्थाका सभापति राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको औपचिरीक कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामसिंह थापा रहेका थिए ।

त्यसैगरी गैरआवसीय नेपालीसंघ (एनआरएनए), दझिण कोरीयाका अध्यक्ष यज्ञराज सुवेदी, सोनसिकका पुर्वसभापतिहरू र सल्लाहकार हरूको अतित्थ्यता रहेको थियाे । उद्घाटन सत्रको संचालन भने चारू विष्टले गरेका हुन् ।

उद्घाटन सत्र लगत्तै सञ्चालन गरिएको सेमिनार सेसनमा नेपाल, कोरिया तथा विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरू र विश्वभरि छरिएर रहेका विज्ञ, अनुभवी तथा दक्ष अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेकाे पनि साेनसिकका अध्यक्ष राजाराम श्रेष्ठले हाम्रोकान्तिपुर लाई जानकारी दिए ।

कार्यक्रम थप प्रभावकारि हुनुको साथै नेपालको विकाश र समृद्धिसंग कसरी जोड्ने र नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्नेबारे बहसको निरन्तर अभ्यासले कार्यक्रम थप उपलब्धिमुलक भएको पनि अध्यक्ष श्रेष्ठले बताउँछन् ।

सेमिनारका संयोजक डा. टोनकिंग बास्तोलाका अनुसार पहिलो दिनको पहिलो सेसनमा मुख्य वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका उप-कुलपतिप्रा. डा. भोला थापा र राष्ट्रिय आविस्कारकेन्द्रका संयोजक डा. माहाविर पुनको प्रस्तुति रहेको थियो । त्यसैगरी दोस्रो दिनको सेसनमा भने प्रमुख वक्ता डा. दिग्विजय महतले आफ्नो प्रस्तुति राखेका थिए । ई. रवि घिमिरेको संयोजनमा सम्पन्न पहिलो दिनको कार्यक्रम तीनबटा सेसनमा बिभाजन गरिएको थियो भने सेसनहरूको सहजिकरण डा. कृष्णसोमाइ, यज्जु प्रधान र चारू विष्टले गरेका हुन् ।

डा. दिग्विजय महत प्रमुख वक्ताका रूपमा रहेकाे दोस्रो दिनको कार्यक्रम शैक्षिक क्षेत्रका बिभिन्न विषयहरू समेटेर ६ वटा सेसनमा बिभाजन गरिएको थियो ।

बिभिन्न ६ वटा सेसनहरूमा “ईञ्जिनियरिङ एण्ड आर्टिफिसियल ईन्टेलिजेन्सी, नेचुरल साईन्स, एप्लाईडसाईन्स एण्ड वायो टेक्नोलोजी, हेल्थ एण्ड अलाईड साईन्स, एग्रिकल्चर फरेस्ट्री, फुड, ग्रिनइनर्जी एण्ड ईकोलोजी र सोसियल साईन्स एण्ड म्यानेजमेण्ट” रहेका थिए।

सम्बन्धित विषयका विज्ञहरूको संयोजनमा सम्पन्न भएको सेसनहरूमा लामो समय शिक्षण, अनुसन्धान लगायतको शैक्षिकक्षेत्रमा निरन्तर क्रियाशील भहेका व्यक्तिहरूको उपस्थित रहेकाे थियाे ।

सेमिनारमा विभिन्न विद्यार्थीहरूले आफ्नो खोज अनुसन्धानका बारेमा पोस्टर प्रदर्शन पनि गरेका थिए ।प्राप्त पोस्टरहरू माध्यबाट उत्कृष्ट तीन पोस्टरहरूलाई नगद ५०,००० वनसहित सर्टिफिकेट प्रदान गरिएको हाे ।

साथै सेमिनारको बिभिन्न सेसनहरूका संयोजक, सेसनचेयर, प्रस्तुत कर्ताहरू सम्पूर्णलाई धन्यवाद दिदै प्रशंसापत्र प्रदान गरिएको सेमिनारका संयोजक डा. टोनकिङ बास्तोलाले जानकारी बताए विश्वका जुनसुकै कुनाबाट कार्यक्रममा उपस्थित हुन सहज होस भन्ने उद्देश्यका साथ सेमिनारका सम्पूर्ण सेसनहरू फेसबुक मार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको संयोजक बास्तोलाकाे भनाइ छ ।

सेमिनारलाई सफलता पुर्वक सम्पन्न गराउनका निम्ति प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ, सहयोग एवम सल्लाह सुझावको अपेक्षा राखेको कुरा सोनसिका सभपति राजाराम श्रेष्ठले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको