August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी

रसुवा, उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै  ढुवानी भैरहेको छ । नेपाली  व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो ।

रसुवा भन्सार कार्यालयका अनुसार यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको छ । गोदाम  र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ ।

हाल ल्हासाबाट सामान बोकेका  कन्टेनर सिधै रसुवागढी  आउन थालेको  प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । उनले आयात भएका सामग्री  नेपाली कन्टेनरमा  रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको