August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

दमौलीमा ९ दिनमा १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोरोना खोप

file photo

दमौली, नौ दिनको अवधिमा दमौली जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ ।

पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार पहिलो चरणमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका नौ हजार २६७ लाई खोप लगाइएको छ ।

दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका सात हजार ७४६ जनालाई खोप लगाइएको छ ।

सो अवधिमा १५ हजारभन्दा बढी नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको कार्यालयले जनाएको छ । दश पालिकामा खोप लगाउनका लागि ९४ खोप केन्द्र निर्धारण गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको