April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

प्रसौनी गाँउपालिका काे आठौं गाउ सभा कार्यक्रम सम्पन्न

बारा – प्रसौनी गाउँपालिकाकाे आठौ गाँउ सभा २०७७/२०७८ को दोस्रो गाउँ सभा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षतामा गाउँपालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताले गरेका हुन्।

कुनै पनि राजनीतिक प्रेसर नलिई काम गरि आफु न्यायिक समितिमा आफुले मुद्दाहरु समाधान गरिरहेको र सोही अनुसार गाउँपालिकाको हरेक बिकासका लागि आफु प्रतिबन्ध रहेको उपाध्यक्ष गीता साहले बताइन् । सो अवसरमा पालिकाको दुई सहिद दिनासाथ र जयप्रकाश तेलीको परीवारलाई प्रती परिवार नगद २५ हजारका दरले अध्यक्ष भाेला प्रसाद प्रसाद गुप्ताले वितरण गरेका हुन् ।

उक्त र्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनेन्द भुजेल, वडा अध्यक्षहरू लालबाबु मुखिया, सुरेश गुप्ता, बैधनाथ गुप्ता, आनन्द गुप्ता, बृजकिसोर कुशुवाहा, राममणी गुप्ता,प्रभु दास तत्मा, सर्दा देबी तत्मा, शान्ति देबी लगायतका अन्य शाखाका समितिहरुकाे उपस्थिति रहेको थियो। वडा अध्यक्षले स्वागत गरेको कार्यक्रमको संचालन भने स्वास्थ्य शाखाका सुरेश साहले गरेेकाा हुन् ।

शीर्ष समाचार

धेरै पढिएको